काठमाडौं । रुसले संयुक्त राज्य अमेरिकाको दुई वटा लडाकु विमान खसालेको दाबी गरेको छ ।

बाल्टिक सागरमा उडिरहेको अमेरिकाको दुई वटा लडाकु विमान खसालेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रुसले जारी गरेको विज्ञप्तिमा आफ्नो राज्यमाथिको सीमा उल्लंघन रोक्न लडाकु विमान खसालिएको बताएको छ । उक्त विमान अमेरिकाको वायु सेनाको लडाकुको रणनीतिक बम वर्षक भएको बताइएको छ ।
अमेरिकाले रुसले गरेको दाबीलाई स्वीकार गरेको छ । अमेरिकाले विश्वका विभिन्न देशमा नियमित रूपमा उडान भरिरहेको बताएको छ । यसअघि पनि रुसले अमेरिकाको निगरानी ड्रोनलाई खसालेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय