काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तरगत पुरुष भलिबलमा पोल्याण्डले सेमीफाइनलमा अमेरिकालाई पराजित गरेको छ । गएराति दक्षिण पेरिसको एरिना–१ मा भएको सेमीफाइनलमा अमेरिकालाई पराजीत गर्दै पोल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । अमेरिकालाई पराजीत गर्दै पोल्याण्ड ४८ वर्षपछि पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो ।
१० हजारभन्दा बढी समर्थकको उपस्थितिमा रोमाञ्चक भलिबल खेलेका दुवै टोलीको पहिलो चार सेट २–२ को बराबरीमा पुग्यो । पोल्याण्डले अमेरिकालाई पहिलो सेट २५–२३ ले हरायो । दोस्रो र तेस्रो सेट २५–२७, १४–२५ ले अमेरिकाले आफ्नो पक्षमा पार्यो । चौथो खेलमा पोल्याण्डले २५–२३ ले जित्यो । पाँचौं तथा निर्णायक सेट १५–१३ ले जित्दै पोल्याण्ड फाइनलमा पुगेको हो ।



गएराति नै भएको अर्को सेमीफाइनलमा इटालीलाई सोझो सेटमा पराजित गर्दै फ्रान्स फाइनलमा स्थान पक्का गरेको छ । डिफेन्डिङ च्याम्पियन फ्रान्सले २५–२०, २५–२१ २५–२१ को सहज जित जित्यो । पदकको लागि फ्रान्स र पोल्याण्डबीचको फाइनल खेल शनिबार राति हुनेछ ।
महिला तर्फको सेमीफाइनल खेल आज राति हुनेछ । राति पौने ८ बजे ब्राजिल र अमेरिका तथा पौने १२ बजे टर्की र इटाली आमने सामने हुनेछन् । पदकका लागि यी दुई टिमको विजेता आमने सामने हुनेछन् ।



