काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि आउने भएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने भ्रमण सकाएर फर्किए लगत्तै गोर नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटघाटका लागि अहिलेसम्म कुनै कार्यतालिका नबनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विशेष दूत गोर बङ्गलादेश, भुटान, श्रीलंका र काजकिस्तान लगायत देशको भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन् । विशेष दूत गोरको भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय