एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा उच्चस्तरीय शिखर वार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार भ्रमण आगामी यहि मे १४ तारिखमा हुने भएको हो ।



राष्ट्रपति ट्रम्प मे १३ तारिखको साँझ बेइजिङ पुग्ने बताइएको छ । ट्रम्पले आफ्नो भ्रमणको शुरुवात प्रसिद्ध टेम्पल अफ हेभनको भ्रमणबाट गर्ने भएका छन् । दुई राष्ट्र प्रमुखबीच आधिकारिक स्वागत समारोहपछि शिखर वार्ता हुने तय गरिएको छ । वार्तामा विशेषगरी उड्डयन, कृषि, र ऊर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू हुने अपेक्षा गरिएको छ । पश्चिम एशिया र युरोपमा बढ्दो सैन्य तनावकाबीच हुन लागेको यो भेटमा राष्ट्रपति ट्रम्पले इरानसँगको टकराव, ताइवानको मुद्दा तथा इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा संवेदनशीलता बारेमा आफ्नो स्पष्ट दृष्टिकोण राख्ने ह्वाइट हाउसले जनाएको छ ।
जानकारीहरुले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीचको शिखर वार्ताले विश्वलाई नयाँ मोड दिनसक्ने बताएका छन् । खासगरी इरान युद्धमा दुई फरक धारमा देखिएका शक्ति राष्ट्रले शान्ति बहालीमा निर्णायक भूमिका खेल्न सक्ने सामथ्र्य राख्ने गर्दछ ।



