अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम सन्धिखर्कबाट गुल्मीको मदानेतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप सन्धिखर्क नगरपालिका–९ टारीमा बिहान करिब साढे ३ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा गुल्मी घर भएका १० वर्षीया अरुणा थापा र १३ वर्षीय नारायण पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर झलक शर्माले जानकारी दिएका छन्। गम्भीर घाइते दुई जनालाई बुटवल रिफर गरिएको छ भने अन्य घाइतेहरूको उपचार अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको प्रहरीले जनाएको छ।






