अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।खनालले अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्नका लागि उपलब्ध गराइएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाइएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी सार्वजनिक गरेका छन्।

फेसबुकमा उनले लेखेका छन् कि आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नम्बर डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले उक्त राहदानी राहदानी विभागमा फिर्ता बुझाइएको हो।

अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गर्दै उनले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरिएको बताएका छन्। जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खनाल अर्थमन्त्रीका रूपमा कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय