काठमाडौं । सर्लाही, साउन ३ गते । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले महेन्द्र राजमार्गसहित अन्य भित्री सडक र पुलमा अत्यधिक खाल्डाखुल्डी परेको छ ।

भर्खर निर्माण भएका तथा मर्मत गरिएका सडकमा ठुलठुला खाल्डाखुल्डी पर्दा दुर्घटनाको जोखिम बढेको छ । खाल्डाखुल्डीमा वर्षाको पानी जमेकाले कतिपय चालकले खाल्डाखुल्डी ठम्याउन नसक्दा तीव्र गतिमा आउने स्कुटर, मोटरसाइकल, टेम्पु लगायतका साना सवारी साधन अनियन्त्रित भइ दुर्घटनामा पर्ने गरेका छन् ।

सडक आयोजना र डिभिजन सडक कार्यालयमार्फत ठेकेदारले असार लागेपछि खाल्डाखुल्डी पुरेको ठाउँमा पनि अहिले त्यस्तै खाल्डो परेका छन् । महेन्द्र राजमार्गको बारास्थित पथलैयादेखि महोत्तरीको बर्दिवासम्मको एक दर्जन बढी पुलमा खाल्डाखुल्डी परेका छन् । पथलैयादेखि बर्दिवाससम्मको बनगढी, उनासी, लमाहा, चाँदी, बागमती, लखन्देही, कालिन्जोर, बाँके लगायतका पुलसमेत जीर्ण छन् । सर्लाही, महोत्तरी र धनुषा खण्डको महेन्द्र राजमार्ग त अहिले चार लेनको बनाउनेक्रम जारी रहेकाले खराब अवस्थामै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय