अविरल वर्षाका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको कपुरकोट गाउँपालिका–४ अरिङ्गाले फेदिमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानला प्रहरी प्रमुख दिपक पातलिका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा सडक माथिबाट पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरुद्ध छ। सडक अवरुद्ध भएपछि दाङबाट रुकुम र सल्यानका विभिन्न क्षेत्रमा पुग्ने तथा रुकुम, सल्यानबाट दाङ , नेपालगञ्ज , काठमाडौं लगायतका ठाँउ पुग्ने दर्जनौं सवारीसाधन अलपत्र परेका छन । अहिले एक्स्काभेटरको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
त्यसै गरि मुग्लिन काठमाडौं सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ । गएराति चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित सडकमा पहिरो खसेकोले सडक दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।






