काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रमा भएका अव्यवस्थित तारको ब्यवस्थापनमा चासो देखाएको छ । नगरक्षेत्रमा अव्यवस्थित तारका कारण जोखिम बढ्दै गएपछि नगरले व्यवस्थापनमा चासो देखाएको हो । केही महिना अघि चन्द्रागिरि नगरपालिका–११ सतुंगल र प्रायजसो विजुलीका पोलहरुमा आगलागीका घटना नगरपालिकामा सामान्य जस्तै बन्दै गएका छन् । बिभिन्न इन्टरनेट प्रदायक संस्थाहरुले पोलमा मनलाग्दी तरिकाले तार राख्दा नगरको सौन्दर्यतामा ह्रास आएको र जोखिम बढ्न थालेपछि नगरपालिकाले चासो देखाएको हो ।

अव्यस्थित तार व्यवस्थापनबारे छलफल गर्न नगरपालिकाले असोज १९ गते केबल तथा नेटवर्क व्यवसायीहरुसँग समन्वयन बैठक राखेको छ । नगर क्षेत्रभित्र विभिन्न प्रयोजनका लागि पोलमा टांगिएका अनावश्यक केवल, तार तथा डिभाइसहरुले नगरको सौन्दर्यताका साथै लत्रिएका तारबाट जनधनको क्षति हुने सम्भाबना समेत बढदै गएको जनगुनासो बढेको छ । नगरपालिकाले पटक पटक तार व्यवस्थापनका लागि सचेत गराएपनि सरोकारवाले भने अटेर गर्दै आएका छन् । परिणामुखि निस्कर्षका लागि बैठक डाकिएको नगरपालिकाले जनाएको छ ।

सरोकारवालाहरुसँगको बैठक असोज १९ गते नगरपालिकाको सभाहलमा बस्ने प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय