काठमाडौं । अस्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहको बस दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । हन्टर भ्यालीमा एक वाइनरीमा विवाह समारोहबाट फर्किरहेको बस दुर्घटनामा परेको हो ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसमा नवविवाहित जोडीहरू रहेको वा नरहेको भने यकीन हुन सकेको छैन । दुर्घटना पछि बसका चाकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो कुहिरोका कारण एक घुम्तीमा बस दुर्घटनामा परेको सुरक्षाअधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय