काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको मृत्युभएको छ । आज दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई फ्रन्ट लाइन अस्पताल मध्य बानेश्वर उपचारको लागि लगिएको थियो ।
चिकित्सकले ढुंगानाको अस्पताल पुग्नुअघि नै बाटोमै मृत्यु भइसकेको घोषणा गरेको थियो । ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाका सभामुख हुनुहुन्थ्यो ।






