काठमाडौं । आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले अस्ट्रेलियासँग खेल्दै छ । मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि सुरू हुनेछ ।
नेपालको महिला टोलीले कुनै पनि फम्र्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलो पटक हो । नेपालले यसअधि लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित हुन पुग्यो । नेपाललाई सुपर सिक्स पुग्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ । तर अस्ट्रेलिया जस्तो बलियो टोलीलाई हराउन नेपाललाई त्यति सजिलो भने पक्कै छैन ।






