काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा आइतबार थाइल्यान्डलाई १ सय ६ रनले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । यूएई जारी प्रतियोगितामा अपराजित टोली हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय