काठमाडौं । कवि राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि’ कविता संग्रह लोकापर्ण गरिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकापर्णमा वरिष्ठ चलचित्र निर्देशन एवम् साहित्यकार तथा समीक्षक प्रकाश सायमीले गर्नुभएको हो । सायमीले निरन्तर रूपमा साहित्य लेखन गरी नेपाली साहित्यको श्रीबृद्धिमा योगदान गर्न कवि श्रेष्ठलाई हौसला प्रदान गर्नुभएको थियो ।

कवि श्रेष्ठले आफ्नो कविता यात्राको चर्चा गर्दै आजको यो पुस्तक लोकार्पणले आफुलाई पुनः दोस्रो कविता संग्रह प्रकाशन गर्न हौसला मिलेको बताउनु भयो । उहाँले आफ्नो कविता संग्रह लोकार्पणमा आई कार्यक्रमको शोभा बढाइदिने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद समेत दिनुभयो ।कार्यकममा साहित्यकार तेजप्रकाश श्रेष्ठ, संगीत प्रवीण धनबहादुर गोपाली, गीतकार सुन्दर पन्त, समाजसेवी प्रल्हाद रिजालको उपस्थिति रहेको थियो । ‘आइ पो हाल्छ कि’ कविता संग्रहको प्रकाशन चन्द्रागिरि साहित्य समाज गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय