काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली क्यानडासँग भिड्दै छ ।

किंग सिटीमा हुने खेलमा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । श्रृंखलाको अन्तिम खेलमा नेपालले असोज ८ गते ओमानसँग खेल्ने छ ।

सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लीग–२ मा आठ वटा टोलीको सहभागिता रहेको छ । तालिकामा नेपाल ६ खेलमा दुई अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय