काठमाडौं । महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले प्रहरी बृत्त थानकोटलाई सहयोग गर्ने भएको छ । समितिका उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम उदासले जेनजीको प्रदर्शनको क्रममा बृत्तमा तोडफोड र आगजनी भएपछि चौकी संचालन गर्ने अवस्था नरहेकोले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि समितिले केही सहयोग गर्न लागेको बताउनु भएको हो ।

उदासले तोडफोड र आगजनी पछि अहिले चौकीमा थुनुवा कक्ष समेत नहुँदा समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि कारागार पुनर्निर्माणको लागि सहयोग गर्ने बताउनु भयो । उहाँले कार्यालयको सम्पूर्ण मेच र टेवल आगलागी र तोडफोडबाट ध्वस्त भएकोले प्रशासन संचालनको लागि आवश्यक पर्ने केही फर्निचरको व्यवस्था समेत गर्न लागेको उल्लेख गर्नुभयो ।

उदासले बृत्तका सीसी क्यामेरा, मोनिटर, खाद्यान्न, लत्ताकपडा, सुरक्षा सामग्रीलगायतका अति आवश्यक सामान नभएपछि संचालनमा समस्या भएकोले समाजको सुरक्षाको लागि प्रहरी अति नै आवश्यक भएकोले सक्दो सहयोग गर्न पनि सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय