काठमाडौं । नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरु उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै आगजनी, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन अनुरोध गरेको हो ।
भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंक भएमा प्रहरीको ‘ नेपाल पुलिसइन्फो एट जिमेल डट कम’ मा पठाउन पनि प्रहरीले आग्रह गरेको छ ।



तस्विर, भिडियो सामाजिक सञ्जालको लिंक पठाउनेको गोपनीयता कायम रहने प्रहरीले सूचनामा उल्लेख गरेको छ ।




