काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएको सम्झनामा शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह शुरु भएको हो ।

तत्कालीन जहानियाँ राणा शासकले १९९७ साल माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । काठमाडौ महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माल्यार्पण गर्दै शहीद सप्ताहको सुरुवात गर्नुभएको थियो। उहाँले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय