काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई निरन्तरता दिएको छ ।



सोही क्रममा आज बूढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा भत्काउन सुरु गरेको छ ।
लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो । कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधान गर्न र खोलाको बहावलाई प्राकृतिक रूपमै फर्काउन यो कदम चालिएको सरकारको दाबी छ ।



