काठमाडौं । आज नाग पञ्चमी । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजाआराधना गरी मनाइएको छ ।

आजको दिन गरिएको पूजाआराधना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको रहेको बताइन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, धृतराष्ट्र, शंकपला, कालिया, तक्षका र पिंगला छन् । यी सम्पूर्ण नागका लागि आजकै दिन पूजा आराधना गरिन्छ ।

आज यिनै नागहरू अकिंत चित्र आ–आफ्नो घरको दैलोमा गाईको गोबर, दूबो लगाएर टाँस्ने परम्परा छ । घरको दैलो या मूल ढोकामा नागको चित्र टाँस्नाले वर्षभरि घरको रक्षा हुने जनविश्वास छ ।

नाग पञ्चमीको वास्तविकता महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित नाम गरेका राजालाई तक्षक नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ सुरु गरे जसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षक बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भष्म भए तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्म मयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएको जनविश्वास छ । आजकै दिनबाट हिन्दू धर्मावलम्वीहरुको चाडबाड सुरु भएको पनि मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय