काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूले देशभर प्रदर्शन गर्ने भएका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका संचालकहरुले प्रतिनिधि सभा र प्रदेशसभा घेराउ गर्नेछन् ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधि सभा घेर्न जाने तयारी रहेको छ । आज ११ बजे नै सातै प्रदेशका प्रदेश सभा भवन अगाडी धर्ना दिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालक दोस्रो चरणको आन्दोलनमा जान लागेका हुन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था आन्दोलनमा होमिएका छन् ।

निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय