काठमाडौं । असार शुक्ल एकादशीका दिन मनाइने निर्जला एकादशी आज देशभर श्रद्धा, भक्ति र धार्मिक उत्साहका साथ मनाइँदै छ । भगवान् विष्णु चार महिनासम्म योगनिद्रामा रहने विश्वाससँग जोडिएको यस पर्वले धार्मिक आस्थासँगै सामाजिक तथा सांस्कृतिक महत्व पनि बोकेको छ ।

निर्जला एकादशीको अवसरमा घरघरमा भगवान् विष्णुको पूजा–आराधना गर्नुका साथै तुलसीका बीउ छर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार यस दिन तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्ने गरिन्छ । हिन्दु धर्ममा तुलसीलाई पवित्र तथा पूजनीय वनस्पतिको रूपमा मानिन्छ । तुलसी रोप्दा घरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यही कारण निर्जला एकादशीमा तुलसी छर्ने परम्परालाई विशेष महत्वका साथ पालना गरिन्छ ।

मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भजन–कीर्तन तथा पूजा–आराधनासहित भक्तजनहरूले हरिशयनी एकादशीबाट चतुर्मास प्रारम्भ हुने दिनका रूपमा समेत परिचित यस पर्वले भगवान् विष्णुप्रतिको श्रद्धा अभिव्यक्त गर्नुका साथै धार्मिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय