काठमाडौं । आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरेर पर्ब मनाइएको छ ।
दिवङ्गत पितृको सम्झनामा चन्द्रागिरिको चन्दनभराटेश्वर ,पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको हो । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । बालाचतुर्दशी पर्व मनाउन स्थानीय बिभिन्न स्थानबाट आएका भक्तजनको चन्दनभराटेश्वरमा र देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शिवालयहरुमा शतबीज छर्ने गरिन्छ सोहि अनुरुप पशुपति क्षेत्रका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा शतबीज छरिएको छ ।



शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन चलेको छ ।



