काठमाडौं । सौरमास अनुसार आज साउनको पहिलो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ ।

यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको कोषले जनाएको छ । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय