काठमाडौं । बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । राति सातै प्रदेशका धेरै स्थानमा चट्याङसहित वर्षा हुने जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि अति वर्षा हुने भएकोले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।






