काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटरेसले आणविक परीक्षणको ८०औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका २ हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय