काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नितुको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।
पौडेलले गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन। आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते पौडेललाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो ।
पौडेल चन्द्रागिरि नगरपालिका वडा नम्बर १ निवासी हुन् ।






