काठमाडौं । देशभर भएको आन्दोलन, तोडफोड र आगजनीका कारण सडकमा छरिएका फोहोर अहिले युवाहरूले आफैं उठाउन थालेका छन्। बिहीबार बिहानैदेखि मीनभवन–बानेश्वर सडकखण्डमा युवाहरूको समूह खटिएको छ। उनीहरूले बाटो र सडक किनारमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल लगायतका फोहोर संकलन गरिरहेका छन्। साथै, आन्दोलनका क्रममा जलाइएका मोटरसाइकल र टायरका अवशेष समेत हटाउँदै सडक खाली गरिरहेका छन्।

सडक सफाइमा संलग्न युवाहरूले “हामी यो देशका नागरिक हौं, अरू केही होइन” भन्दै आफ्नो पहललाई सर्वसाधारणकै हितमा गरिएको बताएका छन्। उनीहरूको भनाइमा आन्दोलनले देशलाई अस्तव्यस्त तुल्याए पनि नागरिकको जिम्मेवारी भने मिलेर देशलाई पुनः सामान्य बनाउनु हो। स्थानीयवासीले युवाहरूको यो सक्रियतालाई सकारात्मक पहल भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय