काठमाडौँ — जेनजी आन्दोलन तीव्र बन्दै गएसँगै गृहमन्त्री रमेश लेखकलाई मंगलबार सुरक्षाकर्मीले भैंसेपाटीस्थित मन्त्री निवासबाट सुरक्षित स्थानमा लगिएको छ। स्रोतका अनुसार सुरक्षाकर्मीले लेखकलाई आकस्मिक रूपमा मन्त्री क्वाटरबाट बाहिर निकालेका थिए। तर उनीसँगै उनकी आमा भने निवासमै छाडिएका छन्। यस विषयले सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

प्रदर्शनकारीहरूले राजधानीका विभिन्न सरकारी निकाय, पार्टी कार्यालय तथा नेताहरूको निजी आवासमा लगातार आक्रमण, तोडफोड र आगजनी गरिरहेका बेला मन्त्री लेखकलाई नेपाली सेनाको सहयोगमा सुरक्षित स्थानतर्फ लगिएको हो। यता, लेखकको आमालाई त्यहीँ छोडेर हिँडिएको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकार र नेताहरूको व्यवहारप्रति प्रश्न उठाएका छन्। यसअघि पनि आन्दोलनकारीको दबाब बढेसँगै भैंसेपाटी क्षेत्रबाट अन्य मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत विभिन्न स्थानमा सारिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय