काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन् । गएराति करिब साढे १२ बजेतिर आफ्नो फेसबुक पेजमा लाइभ गर्दै आफ्नो शरीरमा आफैं आगो लगाएका हुन् ।
घटना थाहा पाएपछि प्रहरीले उनीलाई उद्धार गरी राति नै कीर्तिपुरको बर्न अस्पताल पुर्याएको थियो । उनको हात र अनुहार जलेको छ । शरीरमा आगो लगाउनु अघि उनले फेसबुक लाइभबाट एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले र स्थानीय निकायले गुनासो नसुनेको यस्तै–यस्तै कारणले आफ्नो आँखा नदेख्ने आमा र कान नसुन्ने बुवाले दुःख पाईरहेको हुँदा बाच्ने वातावरण नभएको बताएका थिए ।



आफुले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि २४ दिन र पछि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गर्दै उनीले आफैंलाई आफ्नो शरीरमा आगो लगाएका थिए ।



