काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।

पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममको लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री दाहालले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा खारेज गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय