प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपा ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो । बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ताहरु सडकमा उत्रिएर नाराजुलुस गरेका छन् ।

मधेस प्रदेशका आठ जिल्लामा नै कार्यकर्ताहरुले आन्दोलन गरिरहेका छन् । बन्दका क्रममा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रिय उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह लगायत रहेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार बन्द गराउन हिँडेका आजपाका ६५ भन्दा बढी नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो ।

बैंकले मनोमानी ढंगले लिइ रहेको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग सहित आजपाले मधेस बन्दको आह्वान गरेको हो । आम जनताको भविष्य र देशको समृद्धिसँग खेलवाड भइरहेकाले बाध्य भएर आन्दोलित हुनुपरेको आजपाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय