काठमाडौं । आवर न्यूजकर्मी दिनेश परियारलाई मातृशोक परेको छ । परियारकी आमा पुतली परियारको ७५ वर्षको उमेरमा आज निधन भएको हो ।
परियार लामो समयदेखि स्वासप्रश्वास रोगबाट पीडित हुनुहुन्थ्यो । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित निवासमा उहाँको निधन भएको हो । परियारको आजै स्थानीय यक्षमति घाटमा अन्त्येष्टि गरिएको छ ।



परियारको निधनले our new screw स्तब्ध भएको छ । यस दुखद् घडीमा मृतआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवारप्रति our news crew गहिरो समवेदना व्यक्त गर्दछ ।



