काठमाडौं । इजरायल र इरानबीचको युद्ध पाँचौँ दिनमा पुग्दा हताहती संख्या पनि बढ्दो क्रममा छ । इजरायली आक्रमणमा परी २ सय २४ इरानीको मृत्यु भएको छ भने इजरायलतर्फ २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

इजरायली सेनाले आफूतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको बताएपछि इरानमाथि आक्रमण तीव्र बनाएको हो । पछिल्लो इरानी आक्रमणबाट कुनै हताहत नभएको इजरायलले जनाएको छ ।

यसअघि इजरायलले तेहरानस्थित इरानी सञ्चार गृहमा आक्रमण गरेको थियो । सरकारी टीभीमा आक्रमण गरिएको दृश्य सामाजिक सञ्जालभर भाइरल भएको छ । आक्रमणबाट क्षति पुगेको टेलिभिजन केही समयपछि पुनः सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय