अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्वरक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरलाई लागि पक्राउ पुर्जी जारी गरेको हो ।
आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



त्यसैगरी हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ । देइफको इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा मृत्यु भइसकेको छ ।
हमास नेताहरूलाई मानवताविरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानीबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ ।
यसैबीच संयुक्त राज्य अमेरिकाले भने यसअघि नै यस्तो आदेशको विरोध गरिसकेको छ । गत जेठमा नै अमेरिकी सदनका अध्यक्ष माइक जोन्सनले आईसीसीलाई प्रतिबन्ध लगाउने बताएका थिए ।
अमेरिकाले भने आइसीसी कट्टरपन्थी आतंकवादी समूहविरुद्ध आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने राष्ट्र इजरायललाई फसाउने अवैध अदालत भएको बताएको छ ।



