काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले जुलाइ १४ तारिखमा प्रक्षेपण गरेको चन्द्रयान–३, बुधबार साँझ चन्द्रमामा अवतरण गरेको हो ।
यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खोजी गर्नुरहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान ३ को सफल अवतरणले विकसित भारतको शंखनाथ भएको र मुस्किलको महासागरलाई पार गर्दै जीतको चन्द्रपथमा चलेको टिप्पणी गरेका छन् । भारतमा नयाँ ऊजा, नयाँ विकास र नयाँ चेतनाको साथै भारतको उदयमान भाग्यको प्रतिविम्बको स्वरुप चन्द्रयान ३ लाई चित्रित गरेका छन् । यानको सफल अवतरणलाई सफलताको अमृत वर्षा भन्दै धर्तीमा गरेको संकल्प चन्द्रमामा प्रवेश गरेको बताएका छन् । भारतले नयाँ इतिहास रहेको भन्दै यो क्षणलाई अविस्मरणिय र अमृतपूर्ण क्षण भएको भन्दै उनले सो टिम र भारतीयलाई बधाइ दिएका छन् ।
मोदीले चन्द्रयानको सफल अवतरणपछि अब इसरोले सूर्यको अबलोकन गर्न आदित्य एलवान छिट्टै लन्च गर्ने पनि बताए । साथै शुक्र ग्रहको पनि अध्ययन अवलोकन गर्नलाई विभिन्न योजना ल्याइने बताए । मोदीले यस अवतरणलाई हारबाट सिकेर जीत हुने भन्दै अवतरणले नयाँ बाटो खुलेको बताएका छन् ।
अवतरणसँगै भारत चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश र चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन शोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् ।
https://fb.watch/mBIQukuWFR/



