काठमाडौं । नेपाल छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसीपको सेमीफाइनलमा प्रवेश गरेको छ । इरानको तेहरानमा भएको प्रतियोगितामा इराकलाई ६२ अंकको अन्तरले हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश गरेको हो ।
नेपाल, इरान र इराक रहेको समूह ‘बी’ बाट शीर्ष दुई स्थानमा रहँदै नेपाल र इरानले सेमीफाइनलमा स्थान पक्का बनाएको छ । इराक दुवै खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको छ । समूह बीमा नेपाल इरानसँग पराजित भएमा सेमीफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारत बलियो प्रतिद्वन्द्वी हो । अहिलेसम्म भएका ५ संस्करणमा भारतले ४ संस्करणको उपाधि जितिसकेको छ ।



च्याम्पियनसीपमा १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली इरानमा छ । प्रतियोगितामा नेपाल, भारत, इरान, इराक, बंगलादेश, थाइल्याण्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी छन् ।



