अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा खामेनी मारिएको दाबी गरेका हुन् । खामेनीलाई इतिहासकै एक क्रूर व्यक्तिको संज्ञा दिँदै उनको मृत्युले इरानी जनता र विश्वभरका मानिसहरूलाई न्याय मिलेको ट्रम्पको टिप्पणी छ। उनले इरानी सेनालाई आत्मसमर्पण गर्न समेत आग्रह गरेका छन् । इरानी विदेश मन्त्रालयले भने खामेनी सुरक्षित र स्वस्थ रहेको दाबी गर्दै यसलाई पश्चिमाहरूको मनोवैज्ञानिक युद्ध भनेका छन्।

खामेनीको मृत्युको खबरसँगै इरानले मध्यपूर्वका अमेरिकी सैन्य आधारहरू भएका दुबई, दोहा, बहराइन र कुवेतमा मिसाइल र ड्रोन प्रहार गरेको छ। । खामेनीको मृत्यु पुष्टि भएमा सन् १९७९ को क्रान्तिपछि इरानमा यो दोस्रो ठूलो नेतृत्व परिवर्तन हुनेछ। सन् १९८९ देखि इरानको सर्वोच्च सत्ता सम्हाल्दै आएका खामेनी कट्टरपन्थी धार्मिक नेताका रूपमा चिनिन्थे। उनले इरानको राजनीति र सैन्य शक्तिमा पूर्ण नियन्त्रण कायम गरेका थिए।

उनको मृत्युले इरानको इस्लामिक गणतन्त्रको भविष्य र मध्यपूर्वको सुरक्षा व्यवस्थामा अपत्यारिलो परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ। हिजो बिहानैबाट अमेरिका र इजरायलले इरानमा अपरेशन एपिक फ्युरी र लोयन्स रोअर नाम दिइएको संयुक्त हवाई आक्रमण गरेका हुन् । आक्रमणमा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ। एउटा बालिका विद्यालयमा भएको आक्रमणमा ८५ जनाको ज्यान गएको दाबी गरिएको छ। यता संयुक्त राष्ट्र संघले यस आक्रमणको निन्दा गर्दै तत्काल वार्तामा फर्कन आग्रह गरेको छ। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय