काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडाउने बताउनु भएको छ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसमा सभापति देउवाले उचित आलोचनाले काम गर्न अझ उत्साह बढ्ने बताउनु भएको हो ।
पोखरेलले प्रजातन्त्रको सुदृढीकरणको काममा सबै एकजुट भएर बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । देउवाले एउटा समूह प्रजातन्त्र सिध्याउन लागि परेकोले त्यसको रक्षार्थ सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्ने र प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने कुरालाई सबैले बुझेर अघि बढ्ने बेला आएको बताउनु भयो ।



कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालनको आवश्यकता परेले भन्दै सबै सञ्चार सम्वद्ध संघ, संगठनलाई आह्वान गर्नुभयो । पोखरेलले ठूला लगानीका सञ्चार गृहले श्रमजीवि पत्रकारलाई अन्य विकल्प खोज्न दबाब दिएकाले त्यसबिरुद्ध डटेर लड्नु पर्ने बताउनु भयो ।



