काठमाडौं । बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको लम्कीमा पीडितका आफन्तले चक्काजाम गरेका छन्।

मृतकका आफन्तले बसको लापरवाहीले ज्यान गएको भन्दै उचित क्षतिपूर्तिको मागसहित लम्की चौराहमा सवारी साधन ठप्प पारेका छन । पीडितका आफन्तहरुले सवारी साधन ठप्प पारेपछि पूर्वपश्चिम यातायात सेवा अवरुद्ध भएको छ । कैलालीको लम्कीमा बसको ठक्करबाट पैदल यात्री मोहन्याल गाउँपालिका वडा न.७ का ३७ वर्षिय डम्मर विष्टको मृत्यु भएको थियो । भजनीबाट रिजर्भमा लम्की आउदै गरेको ना ५ ख ८७०० नम्बरको बसले बिहिबार साझ ७ः५० बजे लम्कीचुहा नगरपालिका वडा न.२ को गणेशपुर चोकमा पैदल यात्रा गरिरहेका विष्टलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका विष्टको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र ड्राइभरलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

 

सडक सुचारु गर्न पीडित पक्षसँग छलफलको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय