उदयपुर– उदयपुरमा टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि आक्रोशित भएको स्थानीयहरुले चार सवारी सडकमा तोडफोड तथा आगजानी गरेको छ । पूर्वपश्चिम मदन भण्डारी राजमार्गको रामपुर सडकखण्डमा पर्ने उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ट्रकको ठक्करबाट हिजो दिउसो एक बालिकाको मृत्युपछि आक्रोसित स्थानीयले सवारी साधन तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रदेश २, ०–३–०० ख ४३०९ नम्बरको टिपरले ठक्कर दिदा बेलका नगरपालिका ४ लालबजारकी ४ वर्षिया ऐल्जिना राना मगरको मृत्यु भएको थियो । बालिकाको मृत्युको विषयलाई लिएर आक्रोसित स्थानीयले दुईवटा टिपर र बेलका नगरपालिकाको एक पानी ट्यांकर जलाएका हुन् । चौदण्डीगढी नगरपालिकाको एक वटा दमकलमा तोडफोड गरेर क्षती पुर्याएका छन् ।


घटनापछि गएराती अबेरसम्म तनावपूर्ण स्थिति बन्यो । प्रहरी र नगरपालिकाको पहलमा पिडित पक्षसंग छलफल गरी सडकबाट बालिकाको शब उठाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने सहमति भएपछि स्थिति केही सामान्य बनेको हो । ट्रकधनी बोलाउने र मृतकको परिवारलाई उचित क्षतीपूर्ती दिने र कानुनी कारवाही अगाडी बढाउने सहमति पछि शब उठाउन दिएका थिए ।

राती २ ०० बजे उठाएको शब अस्पताल लगिए पनि क्षतीपूर्ती र कारवाहीको ग्यारेण्टी नभएसम्म पोष्टमार्टम नगर्ने भनेका छन् । उत्पन्न समस्या समाधान र पिडितलाई उचित क्षतीपूर्तीको पहलमा लागेको मेयर अशोक कार्कीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय