काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारहरूको लागि निर्वाचन आयोगले खर्चको सीमा तोकेको छ ।

आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि मतपरिणाम घोषणाको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेको हो । महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च गर्न पाउने छैनन् ।

यस्तै नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूका लागि ४ लाख ५० हजार भित्र रहेर खर्च गर्नुपर्ने सीमा तोकिएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूका लागि ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी आयोगले सीमा निर्धारण गरेको छ ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडाअध्यक्ष पदका उम्मेदवारले २ लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय