काठमाडौं । साफ यू–२० च्याम्पियनसीप उपाधिका लागि नेपाल र बंगालदेश भिड्दै छैन । एन्फा मैदान सातदोबाटोमा हुने फाइनल खेल साढे २ बजे हुनेछ ।

नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न खेल्न लागेको हो ।सन् २०१५ मा घरेलु मैदानमै नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि हात पारेको थियो । सन् २०१७ मा भुटानमा भएको खेलमा नेपालले उपाधि रक्षा गरेको थियो । बंगलादेशले भारतलाई हराएर फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । नेपाली टिमका कप्तान कुशल देउवाले फाइनलका लागि आफू र आफ्नो टिम पूर्ण तयारी रहेको बताउनु भएको छ । बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाइनलमा आफू नेपालको तेज फरवार्ड लाइनबाट चिन्तित भएको बताउनु भयो ।

यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । दुबै पटक भारतसँग फाइनलमा पराजित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बंगलादेश उपविजेता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय