संघीय संसद्को सार्वजनिक लेखा सभापतिका ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २२ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उमागौरी सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको दाबीसहित अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकीलको कार्यालय मोरङल प्रतिवादीहरुलाई बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा छ ।

सहकारी ऐन २०७४ को दफा १२२ अनुसार सहकारी वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियर, उपाध्यक्ष लक्ष्मण शाह, सहकारीका सचिव आलम अन्सारी मिया र कोषाध्यक्ष शम्भुप्रसाद सिंहविरुद्ध पनि मुद्दा दायर भएको हो । संसद्को सार्वजनिक लेखा सभापतिका पोखरेलकी श्रीमती कोइरालासहित उनीहरु फरार छन्।नेकपा एमालेका नेता रहेका संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला का्इराला सञ्चालक रहेको मोरङको धनपालथान गाउँपालिस्थित उमागौरी कृषि सहकारी संस्थाको करडौं रुपैयाँ ठगी मुद्दामा अदालतबाट ३५ दिने पक्राउ पूर्जी जारी भएपछि शिक्षक समेत रहनु भएकी अन्जला कोइरला फरार हुनुभएको छ।

विराटनगरस्थित महेन्द्र रात्री माविमा अध्यापन गराउँदै आएकी कोइरालाले ठगी मुद्दामा मोरङ अदालतबाट पक्राउ पूर्जी जारी पाँच दिनको विदा लेखेर सम्र्पकबिहीन हुनुभएको हो । सहकारीमा २२ करोड भन्दा बढि रकम अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि सो मुद्दामा २६ जनालाई अभियुक्त बनाइएकोमा कोइरालासहित २५ जना फरार छन्। जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले सोमबार उनीहरुको विरुद्ध ३५ दिने अदालती पूर्जी जारी गरेको थियो। उनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न असफल देखिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला भएकालेपनि प्रहरीले पक्राउ गर्न नचाहेको प्रहरीमाथि आरोप समेत लाग्दै आएको छ ।
अदालतमा मुद्दा दायर हुँदासम्म विराटनगरस्थित निवासबाट विद्यालय गई दैनिक हाजिर गरिरहेकी कोइराला सरकारी वकिलको कार्यालयले २७ मंसिरमा उनलाई ‘फरार सूचीमा राखेर’ सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरेपछि मंसिर ३० गतेबाट विदा लेखेर उहाँ सम्पर्कहिन भएकी हुनुभएको हो ।विद्यालय नगए पनि उनी विराटनगरमै भएको बताइएको छ । तर, प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । प्रहरीले भने अदालतको आदेशपछि फरार अभियुक्त खोजी र पक्राउ गर्न प्रहरी सक्रियता बढाएको दावी गरेको छ ।

सहकारी ठगी प्रकरणमा हिरासतमा लिएर अनुसन्धान गर्नुपर्नेमा सत्तारुढ दलको सांसद पोखरेलकी श्रीमती भएकोले प्रहरीले अञ्जलालाई पक्राउ गर्न नचाहेको प्रहरीमाथि आरोप लाग्दै आएको छ उमागौरीमा वि,सं २०७२ देखि २०७८ सम्म कोइराला सञ्चालक रहेर काम गरेको देखिन्छ् । प्रहरीको फरार सुचीमा रहनु भएकी अञ्जलालाई पक्राउ गर्न चौतफी दबाब शुरु भएको छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले उमागौरी सहकारीको ठगी प्रकरणको निश्पक्ष अनुसन्धानको लागि संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र संसदीय दल कोशीले राजीनामा मागेका छ ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष हुन् ।यो प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयले प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसपछि केही सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भयो । तर, लेखा समिति सभापतिकी पत्नी अञ्जलाविरुद्ध भने अनुसन्धान भएको थिएन ।

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ। जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ उठ्न बाँकी देखिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय