नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस्अ वार्ड–२०८१ पोखरामा हुुदैँछ । पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुन लागेको हो । मञ्चले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा पोखरा महमानगरपालिका र मञ्च बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । संझौता अनुसार महानगरले अवार्डका लागि १५ लाख रुपैया प्रदान गर्ने छ । कार्यक्रममा बोल्दै पोखरा महमानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रम पोखरामा हुने महत्वपूर्ण हुने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न लागिएको जानकारी दिए । २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२ औं संस्करण हो । अहिलेसम्म उपत्यकाभित्र मात्र अवार्ड आयोजना हुँदै आएको थियो । तर, स्पोट्र्स अवार्डलाई देशव्यापी पु¥याउने उद्देश्यले पोखरामा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ ।

नेपाली खेलकुदमा २०८१ सालभर उच्च प्रदर्शन गर्ने खेलाडीका साथै प्रशिक्षक र खेलकर्मी मनोनयनमा पर्नेछन् । पल्सर स्पोट्र्स अवार्ड २०८१ मा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड गरी कुल १० विधामा अवार्ड प्रदान गर्ने मञ्चले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय