काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलोपटक फ्लडलाइटमुनि हुन लागेको हुनाले एनपीएल भव्य हुने अनुमान गरिएको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार दिन र रातमा खेल गराउनेगरी तयारी अघि बढेको छ । नेपालमा पहिलो पटक फ्लडलाइटको उज्यालोमा क्रिकेट खेल हुने भएपछि क्रिकेट प्रेमीका लागि रमाइलो अनुभव हुने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा फ्लडलाइटको व्यवस्था गरिएको छ । जसअनुसार अधिकांश खेलहरु फ्लडलाइटको सहायतामा खेल खेलाउने तयारी भइरहेको छ ।

क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार लिगमा हरेक दिन दुई खेल हुनेछन्, जसमा एउटा खेल दिउँसो र अर्को बेलुकीको समयमा राखिएको छ । पहिलो खेल बिहान ११ः४५ मा र दोस्रो खेल अपराह्न ४ बजेदेखि सुरु हुने तालिका छ । लिग मंसिर १ गतेबाट सुरु हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।

एनपीएलको उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय