काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खा र लुम्बिनी लायन्सबीच रोमाञ्चक भिडन्त सुरु भएको छ। टस जितेका काठमाडौंका कप्तान करण केसीले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका छन्। काठमाडौं गोर्खाले आफ्नो लिग चरणको अन्तिम खेलमा खेलेको टोलीलाई निरन्तरता दिँदै कुनै परिवर्तन नगरेको छ भने लुम्बिनी लायन्सले सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई मैदानमा उतारेका छन्।

यो खेल नक्कआउट चरणको भएकाले हार्ने टोलीको उपाधिको यात्रा यहीँ समाप्त हुनेछ। विजेता टोलीले भने फाइनलमा स्थान बनाउने छैन, तर दोस्रो क्वालिफायरमा पुग्ने अवसर पाउनेछ। पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। काठमाडौंले लुम्बिनीसँग यस सिजनको दुवै खेलमा जीत हासिल गरेको छ। त्यसैले काठमाडौं आफ्नो दबदबा कायम राख्ने प्रयासमा हुनेछ भने लुम्बिनीले इतिहास पल्टाउँदै काठमाडौंलाई उपाधि यात्राबाट बाहिर निकाल्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय