काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । आईतवार पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले राज्यको खर्बौं सम्पती नोक्शान हुने खालको बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गरे । उनले व्यक्तिको फाईदाका लागि राज्यको सम्पती डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए ।

अध्यक्ष ओलीले डेडिकेटेड लाईनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत काट्ने काम नगर्न सरकारलाई सचेत पनि गराए । मुलुकमा उद्योगी, व्यवसायीहरु मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाईन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको पनि विद्युत लाईन काट्ने काम गर्न नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले तथ्य र प्रमाणको आधारमा मात्रै डेडिकेटेड लाईन लिएका उद्योगीहरुबाट विद्युत महशुल लिन सरकारलाई आग्रह समेत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय