काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन बनायो ।
कोशीका लागि रुविना क्षेत्रीले रनको अर्धशतकीइ पारी खेलिन् । ५८ बल खेलेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै लागि काजल श्रेष्ठले २२ रन बनाउँदा अप्सरी बेगमले ८ रनको योगदान गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय