काठमाडौं । ए डिभिजन लीग फुटबलमा एपीएफ क्लबलाई खुमलटारले ३–१ गोलअन्तरले पराजीत गरेको छ । च्यासल रंगशालामा भएको खेलमा एपीएफलाई हराउँदै खुमलटार रेलिगेसनबाट जोगिने आशा कायमै रहेको छ । जीतसँगै खुमलटार अन्तिम स्थानमा छ ।

जीतसँगै खुमलटार २७ अंक जोडेर १३औं स्थनमा उक्लिएको छ भने एपीएफ ३० अंकसहित नवौं स्थानमा छ ।
यता सातदोबाटोमा भएको विभागीय डर्बीमा आर्मी र पुलिसले बराबरी एक–एक अंक बाँडेका छन् । पुलिस २५ खेलबाट ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने आर्मी ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार र चर्च ब्वाइज युनाइटेड गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै च्याम्पियन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय